बस र ट्रक ठोक्किँदा महाराष्ट्रमा १३ को मृत्यु, २० घाइते

बस र ट्रक ठोक्किँदा महाराष्ट्रमा १३ को मृत्यु, २० घाइते


भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार आइतबार राति १०ः३० बजे सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ । घाइतेलाई अस्पतालमा भर्ना गरिएको र ११ जनाको अवस्था गम्भीर रहेको छ ।

दुवै सवारीसाधनको अगाडिको भाग नै ठोक्किएको हुनाले दुवै चालकको दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको सो बसमा ४५ जना यात्रु सवार रहेका जनाइएको छ ।