नायिका शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन आदेश

नायिका शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको अल्पकालीन आदेश


सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पोखरेललाई पक्राउ गरेर कारबाही अघि बढाउन उच्च अदालत र जिल्ला अदालतको आदेशविरुद्ध २९ साउनमा शिल्पाले दायर गरेको रिटमा सर्वोच्चले आइतबार सो आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको एकल इजलासले उक्त आदेश गरेको हो ।

साउन २४ गतेको सुनुवाइपछि शिल्पा र चलचित्र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशलाई उच्च अदालतले सदर गरेको थियो । उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारी रसरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा जिल्ला अदालतको आदेश सदर गरी उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाउन बाटो खुला गरेपछि शिल्पा सर्वोच्च पुगेकी थिइन् ।

पति–पत्नी रहेका कलाकार शिल्पा र चलचित्र निर्माता छविबीचको सम्बन्ध बिग्रिएर सम्बन्धविच्छेदको अवस्थामा पुगेपछि छविकी जेठी श्रीमती हेमाले छवि ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । हेमाले छविलाई कानुनी कारबाहीको माग गर्दै उजुरी गरेपछि बहुविवाहको अभियोगपछि शिल्पा र छविलाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।

सर्वोच्चको आइतबारको अल्पकालीन अन्तरिम आदेशमा भदौ १५ गते शिल्पालाई अदालतमा उपस्थित हुन भनिएको छ ।