पहिरोले बगाउँदा चीनमा सत्र मजदुर बेपत्ता

पहिरोले बगाउँदा चीनमा सत्र मजदुर बेपत्ता


दक्षिणपश्चिमी चीनको एक रेल्वे स्टेसन पुनर्निर्माण भइरहेको अवस्थामा आएको पहिरोमा परी कम्तीमा १७ जना मजदुर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ । सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो सो पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरू दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसुस भएको बताए ।