ईश्वर पोखरेल तोकिए स्कुल विभाग प्रमुख

ईश्वर पोखरेल तोकिए स्कुल विभाग प्रमुख


लामो समयको विवादपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्कुल विभागसहित विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । पार्टी एकतापछि लामो समयसम्म टुंगिन नसकेको सो विषयमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुंगो लगाएको हो । बैठकले चर्चामा रहेको स्कुल विभागको प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, संगठन विभाग प्रमुखमा सचिवालय सदस्य वामदेव गौतम, प्रचार विभाग प्रमुखमा प्रवक्ता श्रेष्ठ, नीति, अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । उक्त बैठकले सात प्रदेशमा एक–एक सहइञ्चार्ज पनि तोकेको छ ।

हेर्नुहोस् कसले कुन जिम्मेवारी पाए

[gview file=”https://ghatanarabichar.com/wp-content/uploads/2019/08/work-division-2076.04.31.pdf”]