रणवीरले आँसु झार्दै मागे आलियाको हात

रणवीरले आँसु झार्दै मागे आलियाको हात


बलिउडका चर्चित स्टार रणवीर कपुरले निर्माता तथा निर्देशक महेश भट्टसँग उनकी छोरी आलिया भट्टको हात मागेका छन् । रणवीरले आलियासँगको आफ्नो सम्बन्ध अगाडि बढाउन महेश भट्टलाई भेटेर विवाहको लागि आलियाको हात मागेका हुन् । महेश भट्टसँग आलियाको हात माग्दा रणवीरले भावुक हुँदै आँखाबाट आँसु झारेका थिए ।

रणवीर र आलिया यतिबेला गहिरो प्रेम–सम्बन्धमा छन् । दुवै थुप्रैपटक डेटिङमा समेत गइसकेका छन् । रणवीर र आलियाको सम्बन्धलाई दुवै परिवारले स्वीकृति दिएका छन् । उनीहरूबीचको प्रेम–सम्बन्धको खुलासा भएपछि महेश भट्टले विवाहबार केही महिना पहिले कपुर परिवारसँग कुरा चलाएका थिए । दुवै परिवारले विवाहको लागि स्वीकृति प्रदान गरेपछि रणवीरले आलियाको हात मागेका हुन् ।

रणवीरले आफूसमक्ष आएर आलियाको हात मागेपछि महेश भट्टले भने, ‘उनीहरू एक–आपसमा प्रेम गर्छन्, मलाई रणवीर मनपर्छ, उनी असल व्यक्ति हुन्, म यो सम्बन्धबाट खुसी छु, अब उनीहरू यो सम्बन्धलाई कसरी अगाडि बढाउँछन् र परिणाममुखी बनाउँछन्, त्यो उनीहरूको कुरा हो, यो विषयमा बोल्ने मलाई कुनै अधिकार छैन ।’ भट्टले सञ्चारकर्मीहरूलाई यस्तो जानकारी गराएपछि अब उनीहरूको विवाह आउँदो वर्ष सन् २०२० मा हुने अनुमान गरिएको छ ।