काठमाडौ किंग्स एलेभेन कर्पोरेट कप इन्डोर क्रिकेटको तयारी

काठमाडौ किंग्स एलेभेन कर्पोरेट कप इन्डोर क्रिकेटको तयारी


नेपालकै ठूलो इपिएल फ्रेन्चाइज टोली काठमाडौ किंग्स एलेभेनले दोस्रो संस्करणको काठमाडौ किंग्स एलेभेन कर्पोरेट कप इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । मुलुमा इन्डोर क्रिकेटको विकास, प्रवर्धन गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लगिएको आयोजकले जानकारी गराएको छ ।

कुल १५ टोलि सहभागी रहेको प्रतियोगितामा विभिन्न मिडिया हाउस, बैंक, इन्सोरेन्स, दुरसंचार कम्पनि जस्ता कर्पोरेट हाउसले सहभागिता जनाउने छन् । प्रतियोगिताले काठमाण्डौ किंग्स एलेभेनलाई ठूलो नाम र पहिचान दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ आयोजकले जनाएको छ ।

भाद्र २ देखि ७ गतेसम्म संचालन हुने प्रतियोगिताका सबै खेलहरु गोल्फुटार स्थित रोएल केसीटिसी इन्डोर क्रिकेटमा संचालन हुनेछन् । देश ओभरको इनिंग रहने प्रतियोगिताको हरेक टोलीमा ८ खेलाडी सहभागिता रहने छ ।

यसैबीच प्रतियोगिताको तयारीका जानकारी गराउन आयोजक काठमाण्डौ किंग्स एलेभेनले हालै राजधानीमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ । सहभागी १५ टोलीका कप्तान र प्रतिनिधि सम्मिलित कार्यक्रमबाट प्रतियोगिताको विभाजनसंगै खेल तालिका समेत प्रकाशन गरिएको छ ।

लिग कम् नकआउटको आधारमा खेलाइने प्रतियोगितामा सहभागी १५ टोलीलाई ‘ए, बि, सी र डी’ गरि ४ समुहमा विभाजन गरिएको छ । जसअनुसार पहिलो चरणका खेलबाट हरेक समुहका शिर्ष २ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । क्वार्टरफाइनल पश्चातका सबै खेल नकआउट आधारमा खेलाइने छ ।

कार्यक्रममा काठमाण्डौ किंग्स एलेभेनले टोलीका डाइरेक्टर अफ क्रिकेट तथा राष्ट्रिय टोलीका पुर्व कप्तान र राष्ट्रिय महिला तथा यू–१९ टोलीका प्रशिक्षक बिनोद दासलाई सम्मान गरेको थियो । काठमाण्डौ किंग्स एलेभेनमा रहेर पु¥याएको योगदानको कदर गर्दै टोलीले दासलाई सम्मान गरेको हो ।

काठमाण्डौ किंग्स एलेभेनका प्रमुख कार्यकारी अधिकृतराज जंग थापाले टोलीमा बिनोद दास जोडीएपछि खेलाडीको मनोबलमा समेत टेवा पुगेको र टोलीको प्रदर्शनमा सुधार आउंदै गरेको बताएका थिए । काठमाण्डौ किंग्स एलेभेनलाई एक परिवारको रुपमा जोडेर राख्न दासको भूमिका ठूलो भएको थापाले बताए ।

गत सिजनको एभरेष्ट प्रिमियर लिगमा तेस्रो स्थान हासिल गर्न सफल रहेको काठमाण्डौ किंग्स एलेभेनको कप्तानी नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीले गरेका थिए । टोलीमा सोमपालसंगै विश्व किर्तिमान राख्न सफल आयरल्याण्डका केभिन ओ ब्रायन, युएईका कप्तान रोहन मुस्तफा, आइपिएलको अनुभव बोकेका भारतका अलराउन्डर प्रदिप साहु जस्ता खेलाडीले प्रतिनिधित्व गरिसकेका छन् ।