नेकपाभित्र स्कूल विभाग टुंगो लगाउन सचिवालय बैठक बस्दै

नेकपाभित्र स्कूल विभाग टुंगो लगाउन सचिवालय बैठक बस्दै


नेकपाभित्र स्कूल विभाग टुंगो लगाउन सचिवालय बैठक बस्ने भएको छ । बैठक आज अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको हो । स्कूल विभागमा धेरैको आकाङ्क्षा बढेपछि उक्त विषय टुंगो लाग्न नसकेको नेताहरुले बताएका छन् ।

सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएपनि आवश्यक तयारी अभावका कारण बैठक बस्न नसकेको नेताहरुले बताएका छन् ।

स्कूल विभागमा सहमति जुट्न नसक्दा यसअघि तय गरिएका सचिवालय बैठक पटकपटक सर्दै आएका छन् । नेकपाभित्र स्कूल विभागमा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ । स्कूल विभागमा धेरैको इच्छा देखिएपछि पार्टीले उक्त विषय टुङ्ग्याउन सकेको छैन् । जसका कारण पार्टीभित्र विवाद चुलिएको नेताहरुले जानकारी दिएका छन् ।