यस्तो छ नेकपा सचिवालय बैठक स्थगित हुनुको कारण

यस्तो छ नेकपा सचिवालय बैठक स्थगित हुनुको कारण


स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाउन बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

नेतृत्व टुंगिन बाँकी विषयमा पार्टीभित्र आन्तरिक छलफल आवश्यक देखिएको भन्दै बैठक बिहीबारका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेका नेताहरूसँग छलफल गर्दा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो विषय टुंगो लाग्न नसकेको भन्दै आवश्यक छलफल आवश्यक रहेको भन्दै आजको बैठक स्थगित गर्नुपरेको बताइएको छ ।

नेकपाको स्कुल विभागको नेतृत्वका लागि पूर्वएमालेका ईश्वर पोखरेल तथा पूर्वमाओवादीका नारायणकाजी श्रेष्ठमध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेको छ । यही बेला पूर्वएमालेको भागमा परेको जनवर्गीय संगठनको नेतृत्व छान्न पनि एमालेलाई सकस परेकोले सोही गृहकार्यका लागि आजको बैठक स्थगित गर्नुपरेको स्रोतको दाबी छ ।