अस्वीकार गरेको तीन घन्टामा दियो सन्दीपलाई अमेरिकाले भिसा

अस्वीकार गरेको तीन घन्टामा दियो सन्दीपलाई अमेरिकाले भिसा


अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई प्रवेशाज्ञा (भिसा) अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ । मंगलबार बिहान क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न क्रिकेटर लामिछानेले अमेरिकाको भिसा आवेदन गरेकोमा नेपालस्थित अमेरिकी दूतावासले उनको भिसा आवेदन रद्द गरेको थियो ।

अमेरिकी दूतावासले आफूले दिएको भिसा आवेदन अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमार्फत लामिछानेले नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि दूतावासले लामिछानेलाई बोलाएर भिसासम्बन्धी निर्णय ‘रिभ्यु’ गर्न भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यु’पछि उनलाई दूतावासले भिसा दिएको हो ।