मिडियामा समान सहभागिता माग

मिडियामा समान सहभागिता माग


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकार आदिवासी जनजाति, दलित, महिला र मधेशीलगायत उत्पीडित समुदायको अधिकारका निम्ति प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंङ्घ (फोनिज) को २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको मूलधार नै समावेशीता र सहभागितामूलक शासन प्रणाली भएकाले ती समुदायका निम्ति सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे ।

सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरुङले सबै ठाउँमा समान सहभागिताको माग फोनिजले गरिरहेकाले मिडिया नीति बनाउँदासमेत समान सहभागिता हुनुपर्ने माग गरे । कार्यक्रममा पत्रकार गणेश राई, शोभा श्रेष्ठ, कौशल चेम्जोङ र राजबहादुर गुरुङलाई फोनिज सम्मान–२०७६ दिइएको थियो ।

पुरस्कृत सबैलाई सम्मानपत्रसहित जनही रु २० हजार दिइएको छ । फोनिजका पूर्वपदाधिकारी तथा सदस्यलाई समेत सम्मान गरिएको थियो । ६० जिल्लामा शाखा रहेको फोनिजमा आठ जातीय पत्रकार संस्था आबद्ध छन् । देशभर करीब तीन हजार आदिवासी जनजाति पत्रकार फोनिजमा आबद्ध छन् ।