झापामा नेकपाका सत्र कार्यकर्ता पक्राउ

झापामा नेकपाका सत्र कार्यकर्ता पक्राउ


झापामा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका १७ कार्यकर्ता पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाको सो समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

आज विहान विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय (७, ८ र ९) मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि नेकपाले नै विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

जिप्रका झापाका प्रहरी नायव उपरीक्षक दिनेशराज मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।