पौडी खेल्दा कतारमा एक नेपालीको मृत्यु

पौडी खेल्दा कतारमा एक नेपालीको मृत्यु


वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँघुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी निधन भएको छ ।

लिम्बू कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा रहेका थिए । उनको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुःख व्यक्त गरेका छन् ।