प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा गरेपछि…

प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा गरेपछि…


हङकङका प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’ गरेका छन् । सरकारविरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको भिडले विमानस्थलको टर्मिनल भवन भरिभराउ भएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरूको उडान र अवतरण ठप्प भएको छ ।

विमानस्थलको आगमन कक्षमा हजारौँ प्रदर्शनकारी प्रवेश गरेपछि हङकङ विमानस्थलको सम्पूर्ण उडान र अवतरण रोकिएको बताइएको छ । विमानस्थल कार्यालयले विज्ञप्ति जारी गर्दै सोमबारका लागि सम्पूर्ण उडान तथा अवतरण बन्द गरिएको जनाएको छ ।

प्रदर्शनकारी विमानस्थलभित्र पसेपछि विमानस्थलको कारबाही प्रभावित भएकाले सोमबारका उडान तथा अवतरण बन्द गरिएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एसियाको व्यस्त विमानस्थलमध्ये पर्ने हङकङ विमानस्थल सोमबार बन्द हुँदा कैयौँ देशका हजारौँ यात्रु प्रभावित बनेका छन् ।