कांग्रेस प्रवक्ता शर्मा किन पुगे पोर्चुगल ?

कांग्रेस प्रवक्ता शर्मा किन पुगे पोर्चुगल ?


नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल पुगेका छन् । नेपाली जनसम्पर्क समिति साइप्रसको कार्यक्रममा सहभागी भई नेता शर्मा आइतबार राति पोर्चुगल पुगेका हुन् । प्रवक्ता शर्माका साथ नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पनि रहेका छन् ।

प्रवक्ता शर्मालाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, महासमिति सदस्य चिजकुमार तामाङलगायत कांग्रेस नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

नेता शर्माले आज (सोमबार) लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने मङ्गलबार पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा पोर्चुगलमा रहेका रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ ।

तीनदिने पोर्चुगल बसाइपछि उनी जनसम्पर्क समिति डेनमार्कले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ लाग्ने कार्यक्रम छ ।


(साइप्रसमा आयोजित कार्यक्रममा सहभागी हुँदै प्रवक्ता शर्मा)