प्रधानमन्त्रीले सलामी खाएनन्, प्रतिक्रिया पनि दिएनन् !

प्रधानमन्त्रीले सलामी खाएनन्, प्रतिक्रिया पनि दिएनन् !


स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली सोमबार सवा १२ बजे त्रिभुवन विमानस्थल आइपुगेका हुन् । प्रधानमन्त्री ओलीले विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् । उनले आफ्नो भ्रमण अनौपचारिक भन्दै सलामी ग्रहण नगरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई प्रतीक्षा गरेर बसेका सञ्चारकर्मीलाई पनि प्रधानमान्त्री ओलीले कुनै प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री ओलीले पत्रकारहरूले स्वास्थ्य अवस्थाबारे जानकारी दिन आग्रह गर्दा यति मात्र भने, ‘केही दिनमा थाहा पाइहाल्नुहुन्छ ।’

प्रधानमन्त्रीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, वामदेव गौतम, सुवास नेम्वाङलगायतका नेता विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्रीको उपचारमा सिंगापुर जाने टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।