आज २० औं अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइदै

आज २० औं अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइदै


आज २० औं अन्तराष्ट्रिय युवा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइदै छ । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज विश्वभर अन्तराष्ट्रिय युवा दिवस मनाइदै छ ।

रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार नेपालमा पनि यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो । विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तराष्ट्रिय युवा दिवस मनाउन थालिएको हो ।