राहुल गान्धीको राजीनामा स्वीकृत, सोनिया बनिन् कंग्रेसको अन्तरिम अध्यक्ष

राहुल गान्धीको राजीनामा स्वीकृत, सोनिया बनिन् कंग्रेसको अन्तरिम अध्यक्ष


लोकसभा चुनावपछि पराजयको जिम्मेवारी लिँदै भारतीय कंग्रेसको अध्यक्ष पदबाट राजीनामा दिएका राहुल गान्धीको राजीनामा स्वीकृत भएको छ ।

शनिबार बसेको कंग्रेस कार्यसमिति बैठकले राहुलको राजीनामा स्वकिृत गर्दै रोनिया गान्धीलाई अन्तरिम अध्यक्ष नियुक्त गरेको छ ।

शनिबारको बैठकमा कांग्रेसका सबै प्रदेश नेताको विचार बुझेर कार्यसमितिले राहुललाई अध्यक्षमा कायम रहन आग्रह गर्दै उनीसँग राजीनामा फिर्ता लिन भनिएको थियो । तर, राहुलले यो आग्रह स्वीकार नगरेपछि बैठकले उनकी आमा सोनियालाई अन्तरिम अध्यक्ष नियुक्त गरेको हो ।

बैठकले राहुलको राजीनामा स्वीकार गरिए पनि पार्टीलाई आउँदा दिनमा मार्गदर्शन गर्न अपिल गरिएको बैठकको निर्णय सुनाउँदै बताइएको थियो ।