समाजवादी पार्टीको जिल्ला समिति गठन

समाजवादी पार्टीको जिल्ला समिति गठन


■ नारद कोहार, कपिलवस्तु

समाजवादी पार्टी (कपिलवस्तु)को जिल्ला अध्यक्षमा शैलेन्द्र कुमार यादव चयन भएका छन् । पार्टीको तौलिहवामा भएको संघीय समाजवादी फोरम र नयाँ शाक्ति पार्टी नेपाल कपिलवस्तु जिल्ला संयोजन तथा पार्टी प्रवेश कार्यक्रमबाट यादव चयन भएका हुन् ।

यादवको अध्यक्षताममा ७१ सदस्यीय कार्यसमिति चयन गरिएको छ । दुवै पार्टी एकीकरणपश्चात जिल्लामा पहिलोपटक संयुक्त भेला भएको हो ।

पार्टीको नवगठित जिल्ला उपाध्यक्षहरुमा रामनिवास पुरी, अजित कुमार सिंह, देवबहादुर भुषाल रहेका छन् भने चोपलाल राहुल मगर सचिवमा चयन गरिएका छन् । यस्तै, सहसचिवमा मो. ईरफान खान र कोषाध्यक्षमा आरती सिंह यादव रहेका छन् भने जिल्लासदस्यहरुमा पशुपतिमणि त्रिपाठी, धीरेन्द्रमणि पाठक, राजन उपाध्याय, रामलखन जयसवाल लगायत छानिएका छन् ।

कार्यसमिति गठनपश्चात समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवले यादवलाई सपथ ग्राहण गराएका थिए । कार्यक्रममा पुर्वमन्त्री दानबहादुर चौधरी, प्रदेश सदस्य सहसराम यादव, पार्टी केन्द्रिय सदस्य मंगलप्रसाद गुप्ता, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ लगायतले आआफ्नो धारणा रखेका थिए ।