राप्रपा (संयुक्त)का नेता थापा भारत प्रस्थान

राप्रपा (संयुक्त)का नेता थापा भारत प्रस्थान


भारतको नयाँदिल्लीमा आयोजना हुने ‘इण्डिया एण्ड द न्यू मल्टिलेटरल अर्डर, द ग्लोबल डायलग सेक्युरिटी समिट’मा सहभागिताका लागि राप्रपा संयुक्तका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापा आज (२३ साउन) भारत प्रस्थान गरेका छन् ।

ग्लोबल डायलग फोरम, ग्लोबल डायलग रिभ्यू र कोनराड एडेनायर स्टफ.टङ’ नामक संस्थाको संयुक्त तत्वावधानमा यही अगष्ट ९ र १० मा आयोजना हुने सो सम्मेलनमा राप्रपा (संयुक्त)का प्रदेश नं. ३ संयोजक समेत रहेका थापाले कार्यपत्र समेत प्रस्तुत गर्नेछन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहबाट उदघाटन हुने कार्यक्रममा भारतका पूर्वमन्त्री सलमान खुर्सिदसहित विभिन्न राजनीतिक दलका विशिष्ट राजनीतिज्ञहरूले समेत सहभागिता जनाउने र सम्मेलन उपलब्धिमूलक रहने सो पार्टीका प्रवक्ता जनकराज पाठकले जानकारी दिएका छन् ।