मेरो सरकार

मेरो सरकार


■ विनोद नेपाल

सुनेकै हो,
काग कराउँदै गर्छ,
पिना सुक्दै गर्छ,
कुकुर भुक्दै गर्छ
हात्ती लम्कँदै गर्छ ।
त्यही भाँतीमा,
तर,
एक कदम अघि
दुई कदम पछिको गतिमा घस्रिरहेछ,
कराउँदै छन् मान्छेहरू,
नसुनेझैँ गरिरहेछ,
ठक्कर खाए पनि ठाउँठाउँमा,
दोष दिएर अर्कालाई
आफू पानीमाथिको ओभानो हुन खोजिरहेछ
थाहा छैन,
थुनेर मुख,
बाँधेर हात खु्टटा
‘मेरो सरकार’,
खै कस्तो लोकतन्त्र खोजिरहेछ ?

– पोखराथोक, पाल्पा