कुरोदय सेल्फ डिफेन्सको अध्यक्षमा कुँवर

कुरोदय सेल्फ डिफेन्सको अध्यक्षमा कुँवर


केआईएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्ट संघको पहिलो चुनावी साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् सदस्य एकेन्द्रबहादुर कुँवरको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । यसअघि धीरबहादुर विष्ट संघका संस्थापक अध्यक्ष थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ र विद्या चाम्लिङ, महासचिवमा सुरेन्द्रसिंह विष्ट, सचिवमा कुमार गुरुङ, सह–सचिवमा सुनिल राजकर्णिकार र कोषाध्यक्षमा अशुतोष बस्न्यात रहेका छन् । महासचिव विष्ट संघका प्रमुख प्रशिक्षक पनि हुन् । सरोज भण्डारी, तेजेन्द्र शर्मा पौडेल, सिर्जना अधिकारी, योजना रेग्मी, बसन्तराज वाइबा, ध्रुव केसी, प्रकाश बस्नेत, वीरबहादुर लिम्बू र राजु पौडेल सदस्यमा चयन भए ।

संघको बैठकले तीन उपाध्यक्ष र १३ सदस्य पनि मनोनयन गरेको छ । सदीक्षा चन्द शाह, सन्तोषमणि न्यौपाने र विनसिंह खड्का उपाध्यक्षमा मनोनित भए । सदस्यमा मनोनितहरुमा निरज तिवारी, प्रकाश रावल, दीपक देउवा, सरोज भण्डारी, तेजेन्द्र पौडेल, हेमन्त भट्टराई, कृष्णप्रसाद चापागाईं, वसन्तराज वाइबा, टीकाप्रसाद भट्टराई, बाबुकाजी केसी, स्वर्णिमा दाहाल र अनु थापा मगर रहेका छन् ।

साधारणसभाको राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे । पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाणपत्र वितरण गरे । कार्यक्रममा दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई सम्मान गरिएको ।