खेलकुद सचिव देवकोटाको बिदाइ

खेलकुद सचिव देवकोटाको बिदाइ


युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको बिदाई गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद्, युवा तथा साना स्वरोजगार कोषका प्रतिनिधि, कर्मचारीलगायतले सचिव देवकोटालाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

२०३९ सालमा निजामति सेवामा प्रवेश गरेका देवकाटाले साउन २३ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् ।