जापानवासी नेपाली विज्ञजनको नामावली हस्तान्तरण

जापानवासी नेपाली विज्ञजनको नामावली हस्तान्तरण


■ श्याम क्षेत्री, जापान

विश्वको आर्थिक शक्ति मुलुक जापानमा रहेका नेपालीमध्ये विज्ञता हासिल गरेका नेपालीहरुको खोजी गरेको एनआरएनए जापानले त्यसको प्रारम्भिक नामावली प्रतिवेदन हस्तान्तरण गरेको छ । एनआरएनए जापानले सुरु गरेको जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्यअन्तर्गतको पहिलो चरणको नामावली हस्तान्तरण गरिएको हो ।

नामावली संकलन कार्यका संयोजक आनन्द कोइरालाले विभिन्न श्रोत र माध्यमबाट संकलित नामको सूची गैरआवासीय नेपाली संघ एनआरएनए जापानलाई हस्तान्तरण गरेका हुन् । कोइरालाले एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, उपाध्यक्षद्वय शिवप्रसाद पौडेल र अनिता लामा, कोषाध्यक्ष कालिका थापासमेतको सहभागितामा गत सोमबार नानामावली हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनमा जापानमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली विषय विज्ञहरुको नामावलीलाई सहभागिताको आधारमा लिपिवद्ध गरी प्रारम्भिक नामावली राखिएको छ । एनसीसी जापानले यसरी संकलन भएको नामावलीलाई नेपाली राजदूतावास तथा एनआरएनए आईसीसीलाई हस्तान्तरण गर्ने जनाएको छ ।

एनआरएनए आईसीसीले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न विदेशमा रहेका नेपालीहरुलाई एकीकृत गर्ने योजनामा यस प्रतिवेदनले टेवा पुऱ्याउने अपेक्षा गरिएको छ । समारोहमा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष पुष्करजंग थापा, पूर्व प्रवक्ता सुरेश गिरी लगायतको उपस्थिति रहेको थियो ।