सुन तोलाको ६९ हजार पाँच सय

सुन तोलाको ६९ हजार पाँच सय


सुनको मूल्य प्रत्येक दिन वृद्धि हुने क्रम रोकिएको छैन । सुनको मूल्य बुधबार ६९ हजार पाँच सय पुगेर नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हुन पुगेको छ ।

मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार एक हजार पाँच सय रुपैयाँले वृद्धि हुँदै ६९ हजार पाँच सयमा कारोबार भएको हो ।

यसैगरी तेजाबी सुन पनि तोलामा समान एक हजार पाँच सयले नै वृद्धि भएको छ । एक हजार पाँच सयले वृद्धि भएपछि तेजाबी सुन ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । १५ रुपैयाँ वृद्धि भएपछि नेपाली बजारमा चाँदीको मूल्य तोलाको आठ सय १० रुपैयाँ पुगेको छ ।