भाजपा नेतृ सुषमा स्वराजको निधन

भाजपा नेतृ सुषमा स्वराजको निधन


भारतीय जनता पार्टीका वरिष्ठ नेतृ एवम् भारतका पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । ६७ वर्षीया स्वराजलाई मंगलबार (६ अगस्ट) हृदयाघात भएको बताइन्छ ।

हृदयाघात भएलगत्तै उपचारार्थ दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिए पनि पाँच चिकित्सकको समूहको भरमग्दुर प्रयत्नका बाबजुद उहाँलाई बचाउन नसकिएको अस्पताल सुत्रलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् ।

ज्ञात रहोस्, किड्नी ट्रान्सप्लान्ट गरिएकी सुषमा निकै समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो । सन् २०१४ मा प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा सुषमा स्वराजलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको थियो । दिल्लीको प्रथम महिला मूख्यमन्त्री बनेको रेकर्ड पनि स्वराजसँगै जोडिएको छ ।