अर्जुन गुरुङ (दाइ)को आइसीसीमा उठ्ने चाहना

अर्जुन गुरुङ (दाइ)को आइसीसीमा उठ्ने चाहना


■ डिल्ली अम्माई, बेल्जियम

गैरआवासीय नेपालीहरुको संस्था (एनआरएनए)को निर्वाचनमा अन्तर्राष्ट्रिय सदस्य आईसीसीमा अर्जुन गुरुङले २०१९-२१ को लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २० वर्षदेखि बेल्जियममा हरेक नेपालीहरुको सुखदुःखमा साथसाथै रहेर सक्दो योगदान पुर्याएका गुरुङले पहिलोपटक गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति सदस्यको लागि अगस्तको तेश्रो साता हुन गइरहेको एनआरएनको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि बेल्जियममा बसेर मजदुरको रुपमा काम गर्दै आएका गुरुङले प्रवासी नेपाली मञ्चको नेतृत्व गरिसकेका छन् भने उनीसँग तमु समाज, एनआरएनलगायत धेरै संघ संस्थामा काम गरेको अनुभव छ। अत्यन्तै सरल स्वभावका गुरुङ आर्थिक पारदर्शितामा स्वच्छ ब्यक्ति हुन्। कुशलतापुर्वक संगठन हाँक्ने क्षमता उनमा देखिन्छ ।

बेल्जियममा उनीबाहेक ब्यवसायी गङ्गा शर्माले आइसीसीमा उम्मेदवारी दिएका छन् । त्यस्तै, चित्र सुवेदी, अनुजा प्रधान, पदम गुरुङ र कमल पन्थीले आगामी एनआरएनए बेल्जियमको अध्यक्षमा, खड्क केसी वरिष्ठ उपाध्यक्षमा, त्यस्तै समाजसेवी युवा अभियन्ता तीर्थराज धमलाले महासचिवमा उठ्ने घोषणा गरिसकेका छन् । यसैगरी कर्ण अधिकारिले ३० जुलाईमा एक प्रेस मिट गर्दै सचिव पदको लागि आफ्नो दाबी पेस गरेका छन् भने अध्यक्षमा सुवास जोशीको समेत विशेष चर्चा रहेको देखिन्छ । यसरी उम्मेदवारी दिने क्रम यथावत रहेको छ।