पारा टेबलटेनिस खेलाडि लोक केसी जापानमा, गरे यस्तो गुनासो

पारा टेबलटेनिस खेलाडि लोक केसी जापानमा, गरे यस्तो गुनासो


■ श्याम क्षेत्री, जापान

पारा टेबलटेनिस खेलाडि, गायक तथा संगीतकार लोक केसी प्रतियोगिताको लागि जापान आइपुगेका छन्।

विगत लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका रोल्पा लिवाङ निवासी लोक केसी गत वर्षको पारा नेशनल च्याम्पियनशीप उपाधि विजेता हुन् । विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै आएका उनले सन् २०१८ मा इन्डोनेसियामा संचालित पारा एसियन गेममा सहभागी भई थाइल्यान्डमाथि शानदार जित हासिल गरेका थिए ।

२३-२७ जुलाई २०१९ मा ताईवानमा भएको पारा एसियन च्याम्पियनशीपमा सहभागी हुनुका साथै ताइवानको खेलपश्चात् जापानमा खुला पारा टेबल टेनिसमा सहभागी हुन केसी जापान आएका हुन् ।

यही ८-१० अगस्तमा बैङ्ककमा हुने पारा टेबलटेनिस खुलातर्फ सहभागी हुन लागेका उनले राष्ट्रको झन्डा बोकी देशका तर्फबाट प्रतिनिधित्व गरिरहँदा पनि राज्यले कुनै दायित्वबोध नगरेको र राष्ट्रिय खेलकुद परिषदको पनि कुनै सहयोग नपाएकोमा अत्यन्तै दुःख लागेको गुनासो गरे ।

विभिन्न संघ सस्था र ब्यक्तिगत सहयोग गर्ने सहयोगी मनका धनी ब्यक्तिहरुको सहयोगले विभिन्न स्थानमा आयोजना भएका गेममा सहभागी हुँदै आएको पनि उनले बताए ।

यसैबीच जापानबाट राप्ती समाजका सल्लाहकार ताराप्रकाश बुढा मगरको पहलमा ९० हजार जापानी येन र रोल्पा समाज जापानले ५१ हजार जापनी येनसहित सम्मानपत्रका साथ टेनिस खेलाडी लोक मगरलाई आर्थिक सहयोग गरिएको राप्ती समाज जापानका उपाध्यक्ष मनराज विश्वकर्माले जानकारी दिएका छन् ।