मृगौलापीडितलाई सहयोग

मृगौलापीडितलाई सहयोग


  • आरके श्रीवास्तव, ओमान

गुल्मी सेवा समाज ओमानले एकजना मृगौलापीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका ५ फोक्सिङ घर भई हाल रुपन्देही सैमामैना नगरपालिका ३ बसोबास गर्दै आएका ४२ वर्षीय सदानबहादुर थापालाई सहयोग रकम पठाइएको हो ।

उनको दुवै मृगौलाले काम गर्न नसकेको र उपचारमा धेरै खर्च लाग्ने भएकोले पीडितको घरको आर्थिक स्थितिलाई मध्यनजर गर्दै रकम पठाइएको गुल्मी समाज ओमानका अध्यक्ष दुर्गाप्रसाद ढकालले बताए । समाजका सदस्य अशोक केसी र मुकुन्द सापकोटाको पहलमा गुल्मी सेवा समाज ओमानको नेतृत्वमा ओमानवासी नेपालीका साथै देशविदेशबाट रकम संकलन गरी पीडितसमक्ष ८३ हजार सत्तरी रुपैयाँ पठाइएको जानकारी गराइएको छ । यस पवित्र कार्यमा सहभागी हुने सम्पुर्ण सहयोगी मनहरुमा समाजका संरक्षक घनश्याम भण्डारीले हार्दिक आभार र धन्यवाद प्रकट गरेका छन् ।