हुवावेको ५-जी स्मार्ट फोनको बिक्री शुरु

हुवावेको ५-जी स्मार्ट फोनको बिक्री शुरु


चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्ट फोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधानकार्यालय समेत यही शहरमा रहेको छ ।

हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङले हुवावेको मेट २० एक्स (५जी) चीनमै ५ जी नेटवर्क प्रयोग हुने पहिलो मोबाइल रहेको बताए । सिन्ह्वाका अनुसार बालोङ ५००० युक्त यो स्मार्टफोनमा अति सानो एवं शक्तिशाली किरिन ९८० चिपसेट रहेको छ ।

हुवावेले नयाँ स्मार्ट फोनको माग हुन थालिसकेको जनाएको छ । शेन्जेनमा शुक्रबार अपराह्न यस सेटको मूल्य करिब ८९८ अमेरिकी डलर रहेको छ । यो सेट अगष्ट १६ देखि बजारमा व्यापक रुपमा उपलब्ध हुने बताइएको छ ।

हुवावेले आफ्नै होङमेङ ओएस रहेको स्मार्ट स्क्रिन पनि बजारमा ल्याउँदैछ जसले टेलिभिजन व्यवसाय पनि शुरु गर्दैछ । स्मार्टस्क्रिनले एकै पटक धेरैवटा डिभाइसलाई जोड्न सक्छ ।