छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी

छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी


निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध छविकी पत्नी हेमाले बहुविवाहको उजुरी गरेपछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छवि र शिल्पालाई बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।

अदालतको अनुमति पाएपछि काठमाडौं प्रहरी उनीहरूको खोजीमा जुटेको छ । पत्नी हेमाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको प्रहरीले बताएको छ