आज मौद्रिक नीति सार्वजनिक हुने

आज मौद्रिक नीति सार्वजनिक हुने


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।

राष्ट्र बैंकले यो आर्थिक बर्षको मौद्रिक नीति अपराह्न ४ बजे होटल र्याडिसनमा सार्वजनिक हुने भएको हो ।

सञ्चालक समितिबाट मौद्रिक नीति पारित भइसकेकोले आजै सार्वजनिक गर्ने कार्यक्रम तय भएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिबाकोटीले जानकारी दिए । उनका अनुसार बोर्ड बैठक बस्न नसकेकोले यसबर्षको मौद्रिक नीति सार्वजनिकमा ढिलाइ भएको हो ।