सुशीलले ढाले पाकिस्तानी खेलाडी

सुशीलले ढाले पाकिस्तानी खेलाडी


थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्र्तगत ४९ केजी लाईट फ्लाइट तौलमा नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन् ।

नेपाल आर्मीमा आवद्ध मुक्केबाज सुशीलले पाकिस्तानी मुक्केबाज इर्द उल्लाइलाई दोश्रो राउण्डको दोश्रो मिनेटमा आरएससीको आधारमा हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेका हुन् ।

दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि सुशील काउण्टमा परेका थिए । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका उनले उल्लाइलाई एकै राउण्डमा तीनपटक काउण्टको धरापमा पारेका थिए ।

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियमअनुसार एउटै राउण्डमा तीनपटक काउण्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस् भनि रेफ्री खेल रोक्दै विपक्षलाई विजयी गराउने नियम छ ।

नेपालमा हुने १३औं सागको तयारीका लागि नेपाल बक्सिङ संघले विगत २ हप्तादेखि ७ महिला र १० पुरुषलाई थाइल्याण्डमा बैदेशिक प्रशिक्षणमा राखेको छन् ।