शारीरिक सुगठन टोली चीन जाने

शारीरिक सुगठन टोली चीन जाने


नेप्लिज फेडरेसन अफ बडि बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन आज बुधबार चीनको हर्बिन प्रस्थान गर्दैछ ।

जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडी बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुलाई बडी बिल्डिङका प्रमुख प्रशिक्षक राजेन्द्र तुलाधरले प्रशिक्षण गराएको संघले जनाएको छ ।

अफिसियलमा संघका महासचिव अजय वज्राचार्य तथा पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ रहेका छन् । दुवैले प्रतियोगिता दौरान हुने कंग्रेसमा पनि सहभागी हुने बताइएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रममा सदस्य–सचिव सिलवालले अस्तित्वमा रहेका दुई शारीरिक सुगठनलाई एक भएर आउन आग्रह गर्दै विभाजनले कसैलाई फाइदा नपु¥याउने बताए ।