चिप मिनिस्टर तेक्वान्दोमा नेपाललाई आठ पदक

चिप मिनिस्टर तेक्वान्दोमा नेपाललाई आठ पदक


नेपालले मलेसियामा सम्पन्न सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा समान एक स्वर्ण, रजत र ६ कांस्यपदक जितेको छ ।

मलेसियाको सारावाक कुचिङस्थित कुचिङ स्टेडियममा सम्पन्न च्याम्पियनसिपमा नेपालले कुल एक स्वर्ण, एक रजत र ६ कांस्य पदक प्राप्त गरेको हो । सुप्रिमा बजगाईंले फाइटतर्पm महिला ३७ केजी तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएको नेपाली टोलीका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए ।

सुप्रिमाले फाइनलमा थाइल्यान्डकी स्वान्चुलाई २३–३ ले स्तब्ध बनाउँदै स्वर्ण पदक आफ्नो बताएकी थिइन् । नेपालले दुई रजत पदक जित्दा फाइटतर्पm महिला खेलाडीले एक दिलाएकी थिइन् । क्याडेटमै ४७ केजीमूनि पुजा कुँवरले रजत पदक जितेकी थिइन् । उनी फाइनलमा मलेसियाकी वानसुइसँग ३१–११ ले पराजित भएपछि स्वर्ण जित्ने सपना अधुरो बन्यो । जुनियरको फाइटमा अमर भुजेलले ७३ केजीमूनि रजत जितेका थिए ।

कुमार लामा घिसिङको नेतृत्वमा रहेको नेपाली टोलीमा कुल १७ खेलाडीले प्रतिस्पर्धा गर्दा ११ पुरुष र ६ महिला खेलाडी रहेका थिए । नेपाली टोलीको प्रशिक्षकमा बब्लु सिवाकोटी रहेका थिए ।