वर्षा र पहिरोको कारण तीन राजमार्गसहित मुख्य सडकहरु बन्द

वर्षा र पहिरोको कारण तीन राजमार्गसहित मुख्य सडकहरु बन्द


निरन्तरको वर्षा र पहिरोको कारण विभिन्न राजमार्ग तथा मुख्य सडकहरु बन्द अवस्थामा रहेका छन् । गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग र मेची राजमार्ग बन्द छन् ।

यस्तै, कान्ती लोकपथ, बेसीशहर,चामे सडक र बेनी–जोमसोम सडक खण्ड बन्द अवस्थामा रहेका छन् । मुख्य राजमार्ग र लोकमार्गमा सवारी नचल्दा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।


सडक खण्डका विभिन्न स्थानमा पहिरो जानुका साथै मोटरेवल पुल समेत बगाएको छ । विगल लामो समयदेखि लमजुङ र मनाङको सिमावर्ती क्षेत्र म्यार्दी खोलामा पुल बगाएपछि सवार आवागमन ठप्प छ ।

यस्तै, बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा पहिरो गएको छ भने अन्य राजगमार्गमा पनि पहिरोका कारण सवारीका साधन चल्न सकेका छैनन् ।