प्रधानमन्त्रीद्धारा प्रथम जननिर्वाचत प्रधानमन्त्री कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्रीद्धारा प्रथम जननिर्वाचत प्रधानमन्त्री कोइरालाप्रति श्रद्धाञ्जली अर्पण


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्विटमार्फत कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस अवसरमा समृद्ध नेपाल अभियानमा सहभागी हुन आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीले आफ्नो ट्विटरमा लेखेका छन्–नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बिपी कोइरालाको ३७औं स्मृति दिवसका अवसरमा स्वर्गीय कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।


प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माण अभियानमा अग्रसर हुन यस अवसरमा सबैलाई आव्हान गरेका छन् । प्रथम जननिवाचित प्रधानमन्त्री कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।

कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो ।