बालुवाटार जग्गा प्रकरणमा मेरो कुनै संलग्नता छैन् : गच्छदार

बालुवाटार जग्गा प्रकरणमा मेरो कुनै संलग्नता छैन् : गच्छदार


नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको र अख्तियारले पनि सम्पर्क नगरेको बताएका छन् । आइतबार अमेरिकाबाट स्वदेश फर्किएका गच्छदारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यस्तो जवाफ दिएका हुन् ।

नेता गच्छदारले बालुवाटार जग्गा प्रकरणमा संलग्नताको विषय बाहिर आएकोप्रति त्यसको खण्डन गर्दै उनले बालुवाटारको जग्गाबारे २०६६ चैत २९ गते मन्त्रिपरिषद्को सम्बन्धमा सोधपुछ गर्न चाहेको छ भन्ने आफूले थाहा पाएको बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा रहेकोले सो बारे सोधपुछ गर्न खोजिएको भन्ने मैले बुझेको छु ।’ उनले भने, ‘तर, सम्पर्कमा नआएको जस्ता समाचारहरु बाहिर आएको रहेछ । विदेशमा भएको ब्यक्ति कसरी उपस्थित हुने ?’

संचारकर्मीको प्रश्नमा नेता गच्छदारले आफ्नो पालामा प्रधानमन्त्री निवास वरपरका सडकहरु चौडा गर्ने काम भएको स्पष्ट पारे । उनले अख्तियारले मसँग जग्गा प्रकरणबारे बुझ्न चाहेको भए सहयोग गर्ने जानकारी दिएका छन् ।