राजपा अध्यक्षमण्डलको संयोजकमा यादव

राजपा अध्यक्षमण्डलको संयोजकमा यादव


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी आज (सोमबार)देखि राजकिशोर यादवले सम्हाल्ने भएका छन् । राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्नुहुने राजपाका संयोजक अनिलकुमार झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महिनामा संयोजक फेरिने व्यवस्था छ ।