सर्पले दोहोऱ्याएर डस्दा नथुनीरामको मृत्यु

सर्पले दोहोऱ्याएर डस्दा नथुनीरामको मृत्यु


– सागर संगम, बारा

बाराको आदर्श कोतवाल गाउँपालिकामा–३ बतराटोलमा एक दलित पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला कटहरिया नगरपालिका–७ घर भएका अन्दाजी ७४ वर्षीय नथुनीराम चमार रहेका छन् ।

विगत २ वर्षदेखि रामले आफ्नो छोरी–ज्वाइँको घर बस्दै आएका थिए । आज विहान साढे ६ बजेको समयमा शौच गर्न चर्पी गएका बेला उनलाई सर्पले डसेको थियो ।

तत्काल उनी आत्तिँदै–कराउँदै बाहिर निस्कँदै गर्दा उनलाई सर्पले दोहोऱ्याएर टोकेको थियो ।

हल्ला सुनेर भेला भएका स्थानीयले सर्पलाई लाठी–ढुङ्गा हानेर मारेका र दुईपटक डसेकोले विष फैलिएर नथुनीरामको केहीबेरमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।