छवि र शिल्पाको झगडामा नयाँ मोड, जेठी श्रीमतीले हालिन् बहुविवाहको मुद्दा

छवि र शिल्पाको झगडामा नयाँ मोड, जेठी श्रीमतीले हालिन् बहुविवाहको मुद्दा


■ राजन घिमिरे

अन्ततः छविराज ओझा र शिल्पा पोखरेलबीचको झगडामा नयाँ मोड आएको छ ।

यस मामलामा छविकी जेठी श्रीमतीको प्रवेश भएपछि घटनाक्रममा नयाँ मोड आएको हो । जेठीसँगको सम्बन्ध नतोडीकन शिल्पालाई घर भित्र्याएका छवि र शिल्पाविरूद्द नै हेमाले बहुविवाहको मुद्दा दायर गरेकी छिन् ।

हेमाले महानगरीय प्रहरी प्रभाग गौशालामा छवि र शिल्पाविरूद्द आज (५ साउन, आइतबार) बहुविवाहको मुद्दा दायर गरेकी हुन् ।

शिल्पाले छविसँग अंशसहित डिभोर्स मागिरहँदा हेमाको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि ५ वर्षसम्म जेल सजाय र दशदेखि पचास हजारसम्म जरिवानाको सजाय हुन सक्छ ।

(तस्बिरमा अधिवक्ता स्वागत नेपालका साथ हेमा)