तातो हावाले अमेरिकामा ६ को मृत्यु

तातो हावाले अमेरिकामा ६ को मृत्यु


अमेरिकामा तातो हावाका कारण ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । तीमध्ये चारजनाको पूर्वी राज्य मेरिल्याण्डमा, एकजनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एकजनाको मध्य क्षेत्रको राज्य अर्कान्सासमा भएको हो ।

अमेरिकी फुटबल खेलाडी ३२ वर्षीय मिच पेट्रुसको बिहीबार बेलुका आफ्नो पसलबाट बाहिर निस्केको बेलामा मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार एरिजोनामा एकजना प्राविधिकको पनि बिहीबार नै मृत्यु भएको छ ।

बढ्दै गएको तापक्रम शनिबार ३८ डिग्री सेल्सियससम्म पुगेको र यो अत्यधिक धेरै मानिएको छ । अत्यधिक गर्मीका कारण कतिपय कार्यक्रम स्थगित भएका छन् ।