खेलकुदप्रति सधैं बफादार रहिरहने छु : विष्ट

खेलकुदप्रति सधैं बफादार रहिरहने छु : विष्ट


राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव केशवकुमार बिष्टले आफु जहाँ रहे पनि खेलकुदप्रति सदैव बफादार रहने धारणा ब्यक्त गरेका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै बिष्टले उक्त धारणा व्यक्त गरेका हुन् ।

‘म कुनै न कुनै नाताले खेलकुदको विकास र विस्तारमा बफादार रहिरहने छु । म नियमित प्रक्रिया अनुसार राखेपको जिम्मेवारीबाट टाढा भएको हुृ, तपाईहरुले खेलकुदलाई नजिकबाट बुझेको क्षमतावान सदस्यसचिव पाउनु भएको छ, सबै मिलेर वहाँको कार्यकाललाई सफल बनाउन इमान्दार भएर काम गरौं– विष्टले भने ।’

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले विष्टलाई सम्मान पत्र प्रदान गरेका थिए । बिदाई तथा सम्मान कार्यक्रममा ओलम्पियन, बक्सिङ खेलाडी, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।