भलिबललाई टेलिकमको २० लाखको प्रायोजन

भलिबललाई टेलिकमको २० लाखको प्रायोजन


नेपालमा आयोजना हुने एशियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ । शनिबार (४ साउन) नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमका अध्यक्ष अस्मिता सुमार्गीले सम्झौता पत्र आदन–प्रदान गरे ।

सम्झौता पश्चात अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकमप्रति आभार ब्यक्त गर्दै भने– सेन्ट्रल जोन भलिबल राष्ट्रको गौरव भएकाले सबैले भब्यताका साथ सफल बनाउन सहयोग र साथ दिन अनुरोध गरे ।

त्यस्तै नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष सुमार्गीले भनिन्– ‘हामी नेपालीको गौरवको कुरा हो, सबैले सहयोग र साथ दिनुपर्छ । मैले आफूलाई भलिबल परिवारको सदस्य भन्न रुचाउँछु । राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउँदा हाम्रो संस्था गौरवान्वित भएको छ । आगामी दिनमा पनि सहयोग रहिरहने छ ।

लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा श्रावण ३२ देखि भाद्र ८ गते सम्म संचालन हुने छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गीस्तान, तुर्क्मिनिस्तान, उजवेकिस्तान गरि कुल ७ देशको सहभागिता निश्चित भएको पत्रकार सम्मेलनमा संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए ।