खुमलटारमा पूर्वमाओवादी नेताहरुको आकस्मिक बैठक

खुमलटारमा पूर्वमाओवादी नेताहरुको आकस्मिक बैठक


पूर्वमाओवादी नेताहरु पार्टीको सचिवालय बैठकअघि छलफलमा जुटेका छन् । नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएपनि भागवण्डा नमिलेपछि प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो ।

भागवण्डाअनुसार नेताहरुको नाम टुंगो लगाउन बैठक बसेको स्रोतले बताएको छ । नेकपा सचिवालय बैठक आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुने छ ।