नेपाली समाज ओमानको अध्यक्षमा दिल रोक्का चयन

नेपाली समाज ओमानको अध्यक्षमा दिल रोक्का चयन


  • आरके श्रीवास्तव, ओमान

ओमानमा सन् २००३ मा स्थापित नेपाली समाज ओमानको आठौं महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । हिजो शुक्रबार (१९ जुलाई २०१९) राजधानी मस्कटस्थित अल अजैवा होटल अपार्टमेन्टमा समाजले बृहत भेला बोलाई महाधिवेशन सम्पन्न गरेको हो ।

अधिवेशनले दिल रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिमा जीवनकुमार ढुङ्गाना उपाध्यक्ष र रमला श्रेष्ठ सहउपाध्यक्ष चयन भएकी छिन् भने महासचिवको जिम्मेवारी चकराम घलेको काँधमा परेको छ । यस्तै, सचिवमा विवेक राई, सहसचिवमा भीमप्रसाद कोइराला, कोषाध्यक्षमा पार्वती श्रेष्ठ र सहकोषाध्यक्षमा अर्जुन श्रेष्ठ रहेका छन् ।

समितिका प्रमुख सदस्यहरूमा राजकुमार कार्की, देवीबहादुर कार्की, सज्जन सुब्बा, रवीन्द्र राजथला, मानबहादुर बिक, सुरज थापा, शिवप्रसाद पाण्डे, दीपक सापकोटा, गोविन्द कुँवर, कुमार पुडासैनी, लिला केसी, नारायण सापकोटा र तोरण थापा मगर रहेका छन् । यसैगरी महिला सदस्यहरूमा धनकुमारी चौधरी, अस्मिता रोक्का, शारदा तिवारी, माया राना मगर, चन्द्रकला राई र देवी मगर रहेका छन् भने सल्लाहकार तथा सांस्कृतिक संयोजक किरण राई र सांस्कृतिक सहसंयोजक प्रताप लामालाई तोकिएको छ ।

समितिका सल्लाहकारहरूमा तोलाकान्त भट्टराई, मादि गुरूङ, बेल पुन मगर, गोमा थापा मगर, रन्जित आचार्य र ओमकार तामाङ छनोट गरिएका छन् भने नेपाल प्रतिनिधिहरूमा इच्छा राई, योगेश बानु राई, भरत जंग राई, देवनारायण तिवारी, संदेश चामलिङ राईलाई छनोट गरिएको छ ।
संस्थाको संरक्षक लिलानाथ कोइराला रहेका छन् ।

नेपाली राजदूतावास मस्कट ओमानका श्रमसहचारी कृष्णकुमारी गौलीको प्रमुख आतिथ्य तथा गैरअवासीय नेपाली संघका सचिव डीबी क्षेत्री को विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व नेपाली समाज ओमानका कार्यवाहक अध्यक्ष जीवनकुमार ढुङ्गानाले गरेका थिए ।

नेपाली राष्ट्रिय गानबाट प्रारम्भ भएको कार्यक्रमको शुरुमा ओमानमा दिवंगत भएका नेपालीहरूको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो भने प्रमुख र विशिष्ठ अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी महाधिवेशन शुभारम्भ गरेका थिए । कचराम घलेले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा उपस्थित सबैले नयाँ कार्यसमितिलाई अगामी कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा समाजका भूपू अध्यक्षद्वय गोविन्द गुरूङ्ग , लिलानाथ कोइराला, गैरआवासीय नेपाली सोसल क्लब ओमानका उपाध्यक्ष पूर्ण श्रेष्ठ , ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, नेपाली महिला समूह ओमानकी अध्यक्ष उमा ढुंगाना, नेपाली बुद्ध भिजन ओेमानका सल्लाहकार ओमकार तमाङ्ग, प्रवासी नेपाली एकता मञ्च ओमानका उमेश विक, नेपाल मगर संघ ओमानका कमल राणा, तमाङ्ग समाज ओमाका विरोज लामा, तमु समाज ओमानका गोमा गुरूङ, नेपाली जनसम्पर्क समिति ओमानका नविन कुमार पङ्गेनी, दलित एकता संजाल ओमानका मानबहादुर बराइली, नेपाली विवेकशील ओमानका जीवन कार्की, गुल्मी सेवा समाज ओमानका भूपू अध्यक्ष घनश्याम भण्डारी, बागलुङ सेवा समाज ओमानका अध्यक्ष खेम खड्का थोकी, पाल्पाली परिवार ओमानका यज्ञ पराजुलीसहित ओमानमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरु एवम् दर्जनौं नेपालीजनको सहभागिता रहेको थियो । विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमबीच पुरानो कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

यसैक्रममा गत हप्ता नेपालमा भारी वर्षा र भीषण बाढीका कारण ज्यान गुमाउनु हुने सबैको चीरशान्तिको लागि गैरआवासिय नेपाली संघ क्षेत्रिय समन्वय परिषद सललाहले दीप प्रज्वलन गरि संमवेदना प्रकट गरेको अध्यक्ष मनोज घिमिरेले जानकारी गराएका छन् ।