साउथ एसियनको व्रान्ड एम्वेसडरमा दुर्गा विसुराल

साउथ एसियनको व्रान्ड एम्वेसडरमा दुर्गा विसुराल


साउथ एसियन पोलिपाइप इ.प्रालीको व्रान्ड एम्वेसडर दुर्गा विसुराल अनुवन्धित भएकी छिन् । विसुराल नेपालको प्रतिनिधित्व गर्न हेरिटेज इन्टरनेसनल नेपालको दायित्व प्राप्त मिस्टर हेरिटेजको आयोजनामा ११ जनवरी २०१९ मा ह‍ोटल शंकरमा चयन भएकी थिइन् भने सिंगापुरमा १२ फेब्रुअरी २०१९ देखि १७ फेब्रुअरी २०१९ सम्म इप्लानेटद्वारा आय‍जित अन्तराष्ट्रिय प्रतियोगितामा मिस हेरिटेज २०१९ मा विभिन्न चार सवटाइटल गोल्ड मेडल सहित सेकेन्ड रनरअप हुन सफल भएकी थिइन् ।

तिनकुने सुविधानगर काठमाडौं मुख्य कार्यालय भइ हेटौंडा औंधोगिक क्षेत्र मकवानपुरमा अवस्थित उद्योगवाट १ वर्ष देखि उत्पादन गर्दै आएको विभिन्न साइज र परिणामको एचडिइपी ब्ल्याक पाइप एनएस ४० लाई विक्रि प्रवद्र्धन गर्नको लागि दुर्गा विसुराललाई व्रान्ड एम्वेसडर अनुवन्धित गरेक‍ो हो ।

कम्पनीले आफ्नो उद्योगबाट हुने हाइ डेसिटि पोलिथिन पाइपको प्रवर्धन साथै जनमानसमा व्रान्डप्रतिको विस्वासलाई अझ उचाइमा पुर्याउन सक्ने विस्वासका साथ विसुराललाई अनुवन्धित गरेको हो ।