ब्रुमरले संकलन गरेको धुलो इँँटा बनाउन दिइने

ब्रुमरले संकलन गरेको धुलो इँँटा बनाउन दिइने


काठमाडौं महानगरपालिकाले महानगरका सडकबाट संकलन गरेको धुलोलाई इँट्टा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (बु्रमर) ले दैनिक संकलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ ।

यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । सडकबाट संकलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ ।

महानगरले सञ्चालन गरिरहेका सबै बु्रमरले दैनिक आठ टनसम्म धुलो संकलन गर्ने गरेका छन् । यो फोहोर अरू फोहरमा मिसाउने नगरिएको डंगोलको भनाइ छ । उनले भने, ‘हामीले फोहोरलाई सकेसम्म सदुपयोग गरेर कम परिमाणमा डम्पिङ साइडमा लैजाने योजना बनाइरहेका छौँ ।’

यान्त्रिक कुच्चो (बु्रमर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई संकलनको समेत काम गर्दै आएको प्रवक्ता डंकोलले बताए । महानगरले पनि फोहोरका कर्मचारी कम गर्दै जाने योजना बनाएको उनले बताए । अहिले महानगर आफैँले खरिद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा यान्त्रिक कुच्चो छन् । तिनले महानगरलाई धुलोरहित बनाइरहेको उनको भनाइ छ । सडकको धुलोसँगै घरबाट सडकसम्म फोहोर आउनै नदिने योजना महानगरको छ ।
rss