परराष्ट्रमन्त्री ज्ञवालीदम्पतीद्वारा मरणोपरान्त अंगदान

परराष्ट्रमन्त्री ज्ञवालीदम्पतीद्वारा मरणोपरान्त अंगदान


नेकपा नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मरणोपरान्त आफ्नो शरीरका अंगदान गर्ने घोषणा गरेका छन् । उनीसँगै उनकी श्रीमतीले पनि मरणोपरान्त शरीरका अंगदान गर्ने मन्त्री ज्ञवालीले बताएका छन् ।

उनले आजै (शुक्रबार) भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा पुगेर परणोपरान्त अंगदान गरेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री ज्ञवालीले सो कुराको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘बूढाबूढी दुवैले आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र्र, भक्तपुर पुगेर (मरणोपरान्त) अंगदान गरेर आयौँ । जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्तसमेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्, बस् यत्ति कामना छ ।’