सर्पको डसाइबाट वृद्धको मृत्यु

सर्पको डसाइबाट वृद्धको मृत्यु


नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान कावासोती नगरपालिका–१७ निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको सर्पको डसाइबाट मृत्यु भएको हो । सर्पले डसेको थाहा नपाउँदा विषको असर शरीरमा देखिएपछि मात्र थापालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा ल्याइएकामा चिकित्सिकले थापालाई मृत घोषणा गरेका थिए । थापालाई बिहान साढे ५ बजेको समयमा घरमा सर्पले डसेको हुन सक्ने परिवारले जनाएको छ । त्यसको एक घन्टापछि विषको असर देखिएपछि मात्र सर्पले डसेको आशंका गरी अस्पताल ल्याइएको थियो ।

गर्मी मौसम र अहिले पानी परेका कारण जमिनमुनि लुकेर बसेका सर्पहरू बाहिर आउने हुँदा विशेष सावधानी अपनाउनुपर्ने कालीगण्डकी अस्पतालका सर्पदंश चिकित्सिक डा. छविलाल थापाले बताए ।