लेवल लगाइएका बस्तु बिक्री गर्न सजगता

लेवल लगाइएका बस्तु बिक्री गर्न सजगता


वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सीमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शले चेम्बर सचिवालय जमल काठमाडौंमा आयोजना गरेको वाणिज्यसम्बन्धी समसामयिक विषयअन्तर्गतको साक्षात्कारमा उनले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरू बढेका छन् र विश्व व्यापार संगठनको सिद्धान्तअनुसार मुलुकको बाध्यताले अधिकतम भन्सार दर लगाइएको व्यक्त गर्दै उपभोक्ता संरक्षण ऐनअनुसार लेवल लगाइएका बस्तु बिक्री गर्नुपर्नेमा सबै उद्यमी व्यवसायीलाई सजग भई तद्नुसार कार्य गर्नुपर्ने सुझाव दिए ।

बजार अुनगमन निरन्तर प्रक्रिया रहेको भइरहेको जानकारी गराउँदै खरिद बिल जारी गर्दा र बिक्री बिल जारी गर्ने सेमत अनिवार्य भएकोले सो नभएमा जरिवाना गर्ने कानूनी प्रावधान रहेको र यसमा मिडियालाई ल्याएर प्रचार गराउनेतर्फ विभाग नलागेकोमा विश्वस्त हुन व्यवसायीलाई आश्वस्त गराए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजार अनुगमनलाई कहाँ के कस्तो कमजोरी छ पहिल्याएर त्यसैमा पुनर्विचार गरी नयाँ ढंगले सोच्नुपर्ने कुरा औंल्याए । अध्यक्ष श्रेष्ठले उपभोक्ता संरक्षण ऐनमा नै आवश्यक संशोधन हुनुपर्ने, दण्ड सजायको प्रावधानमा पनि पुःन विचार गरी आर्थिक क्षतिमा आर्थिक नै दण्ड हुनुपर्ने र थुनछेक गर्न नहुनेतर्फ जोड दिए । उनले ठाउँ र बस्तुअनुसार मूल्य फरक–फरक हुने र अधिकतम खुद्रा मुल्य तोक्ने हुँदा सो बमोजिम बजार अनुगमनमा पनि त्यही दृष्टिकोणबाट हेर्नुपर्ने विचार राखे ।

उनले बजार अनुगमन गर्दा डरत्रासको वातावरण हटाउनुपर्ने आवश्यक रहेको उल्लेख गर्दै उपभोक्ता नियमावली बनाउने क्रममा चेम्बरको समेत सहभागिता भएमा बढी फलदायी हुने धारणाका साथ विशाखापट्टममा नेपाली कन्सुलेटको कार्यालय राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल युथ चेम्बरका सभापति दिपेश तुलाधरले बजार अनुगमन गर्दा सरकारले उपभोक्ता र व्यवसायको संरक्षण गर्नुपर्ने धारणा राखे ।